ne_tn/psa/025/014.md

2.9 KiB

परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो

"परमप्रभु तिनीहरूका मित्र हुनुहुन्छ ।" कसैले यसलाई "परमप्रभु तिनीहरूमा भरोसा गर्नुहुन्छ" भनेर अनुवाद गर्छन् । उहाँले तिनीहरूमा भरोसा गर्नुले उहाँको तिनीहरूसितको घनिष्ट मित्रतालाई देखाउँछ ।

मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्

यहाँ "आँखाहरू" ले हेर्नुलाई प्रतिनिधित्व गर्छ । परमप्रभुलाई हेर्नु भनेको तिनले परमप्रभुसित सहायता मागिरहेका थिए भन्‍ने एउटा तरिका हो। अर्को अनुवादः "म सधैँ परमप्रभुलाई हेर्छु" वा "म सधैँ परमप्रभुसित सहायता माग्छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-explicit]])

किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्‍त गर्नुहुनेछ

जाल एउटा पासो हो । खतरामा भएको व्यक्तिको बारेमा यसरी बताइएको छ कि मानौं तिनीहरूका खुट्टाहरू जालमा अल्झेका छन् । अर्को अनुवादः "उहाँले मलाई खतराबाट बचाउनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मतिर फर्कनुहोस्

परमप्रभुले कुनै व्यक्तिलाई ध्यान दिनु र तिनको बारेमा सोच्‍नुलाई यसरी बताइएको छ कि मानौं परमप्रभु शारीरिक रूपमा नै त्यस व्यक्तितर्फ फर्किरहनुभएको थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद