ne_tn/psa/022/026.md

4.3 KiB

थिचोमिचोमा परेकाहरूले खानेछन् र तृप्‍त हुनेछन्

यसले मेलबलिलाई जनाउँछ जुन लेखकले प्रतिज्ञा गरेका बलिदानहरू परमेश्‍वरलाई चढाएपछि हुन्छ । तिनले चढाएको पशुको एक भाग खान दिनको लागि तिनले पिँडामा परेकाहरूलाई बोलाउनेछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमप्रभुको खोजी गर्नेहरू

परमप्रभुलाई जान्‍न चाह‍नेहरू र उहाँलाई प्रसन्‍न पार्न चाहनेहरूको बारेमा यसरी बताइएको छ कि मानौं तिनीहरूले वास्तविकमा नै परमप्रभुलाई भेट्टाउन खोज्दै छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूका हृदयहरू सदा जीवित रहून्

यहाँ "हृदय" ले सिंगो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिमीहरूका सदा जीवीत रहो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिमीहरूका हृदयहरू ... रहोस्

यसले पीडित मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन्

परमप्रभुको आज्ञा पालना गर्न थाल्‍नुलाई यसरी बताइएको छ कि मानौं ती मानिसहरू शारीरिक रूपमा नै परमप्रभुतिर फर्कन्छन् । अर्को अनुवादः "परमप्रभुलाई सम्झने छन् र उहाको आज्ञा पालन गर्नेछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन्

यसले वाक्यको पहिलो भागमा भएजस्तै अर्थ दिन्छ । हरेक ठाउँबाट हरेकले परमप्रभुको आराधना गर्नेछन् र उहाँको पालना गर्नेछन् भनेर लेखकले जोड दिँदैछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तपाईंको सामु घोप्‍टो पर्नेछन्

यो कसैलाई सम्मान वा आदर दिने एउटा तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

तपाईंको सामु

यहाँ "तपाईं" ले परमप्रभुलाई जनाउँछ । वाक्यको पहिलो भागमा मिलाउनको लागि यसलाई तृतिय पुरूषमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "उहाँको सामु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-you]] र [[rc:///ta/man/translate/figs-123person]])

शब्द अनुवाद