ne_tn/psa/022/014.md

4.7 KiB

पानीलाई झैं मलाई खन्याइँदैछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पानीझैं यो कसैले मलाई खन्याइरहेकोजस्तै छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पानीलाई झैं मलाई खन्याइँदैछ

लेखकले पुर्ण रूपमा थाकेको र कमजोर भएको महसुस गर्नुलाई यसरी बताउँछन् कि मानौं उनी भाँडोबाट खन्याइदै गरेको पानी हुन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

सबै मेरा हाडहरूले ठाउँ छोडेका छन्

लेखकलाई कुनै शारीरिक पिँडामा हुन सक्छन् । अथवा तिनी आफ्‍नो भावनात्मक पिँडाको बारे त्यो शारीरिक पिँडा भएजस्तै गरि बताइरहेका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो हृदय मैनझैं भएको छ ... अन्तरकरण

यहाँ लेखकले अब उसो साहस नहुनुलाई यसरी बताउँछन् कि मानौं तिनको हृदय मैनझैँ पग्लियो । यहाँ "हृदय" ले "साहस" लाई बुझाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-metonymy]])

मैन

कुनै नरम पदार्थ जुन एकदम कम तापक्रममा पग्लन्छ ।

मेरो अन्तरकरणमा

"म भित्र"

माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ

लेखकले कमजोर महसुस गर्नुलाई यसरी बताउँछन् कि मानौं तिनको बल सुकेको माटोको भाँडोजस्तै थियो जुन सजिलै फूट्‍न सक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

माटोको भाँडोको खपटोझैं

घरमा प्रयोग गर्न सकिने पाकेको माटोबाट बनाइएको सामान

मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ

लेखकले आफू अत्यन्तै तिर्खाएको बारेमा वयान गरेको हुन सक्छ । वा तिनी पुर्ण रूपमा सुकेजस्तै कमजोर भएको बारेमा निरन्तर बताउँछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ

"मृत्यको धुलो" का सम्भावित अर्थहरू १) यसले कुनै व्यक्ति मरेर धुलोमा परिणत हुनुलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले मलाई मर्न र धुलो बन्‍न दिनलाग्‍नुभएको छ" वा २) यो चिहानको बारेमा भन्‍ने तरिका हो जुन परमेश्‍वरले लेखकलाई मर्ने तुल्याउनुभएको थियो भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "तपाईंले मलाई मेरो चिहानमा सुताउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंले मलाई ... सुताउनुभएको छ

तपाईंले परमेश्‍वरलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

शब्द अनुवाद