ne_tn/psa/022/009.md

2.4 KiB

तपाईंले मलाई गर्भबाट ल्याउनुभयो

"मलाई जन्मने तुल्याउने तपाईं नै हुनुहुन्छ" भन्‍ने यो एउटा तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मैले आमाको दूध खाँदा नै

यसले तिनी धेरै जवान हुँदादेखि नै परमप्रभुलाई भरोसा गर्दै आएका छन् भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "मैले मेरो आमाको स्तनपान गर्दाको समयदेखि नै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ

"सुम्पिएको छ" भन्‍ने वाक्यांश परमप्रभुले तिनलाई अपनाउनु भएको आफ्‍नै बच्चाझैँ गरेर तिनको हेरचाह गर्नुभएको छ भन्‍ने यो एउटा तरिका हो । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यो म जन्मिएबित्तिकै तपाईंले मलाई अपनाउनुभएजस्तै थियो" (EN-UDB) (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ

परमप्रभुले लेखकको सधैँ हेरचाह गर्नुभएको छ भन्‍ने यसले सङ्केत गर्छ । अर्को अनुवादः "परमेश्‍वर तपाईंले मेरो हेरचाह गर्नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

म आफ्‍नो आमाको गर्भमा हुँदादेखि नै

"म जन्मिनु अघि नै"

शब्द अनुवाद