ne_tn/psa/022/001.md

3.8 KiB

सामान्य जानकारीः

हिब्रू कविताहरुमा समानान्तर साधारण हो । . (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

हे परमेश्‍वर, हे परमेश्‍वर

यहाँ लेखकले परमेश्‍वरले तिनलाई सुन्‍नुभएको होस् भन्‍ने कुरामा व्याकुल छन् भनेर जोड दिनको लागि तिनी "हे परमेश्‍वर" भनेर दिहोर्‍याउँछन् ।

हे परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको?

यहाँ लेखकले परमेश्‍वरले आफूलाई त्याग्‍नुभएकोजस्तो महसुस गरेको कुरालाई जोड दिनलाई उनी यो प्रश्‍न गर्छन् । यसलाई प्रश्‍नकै रूपमा छाडेको असल हुन सक्छ । यसलाई एउटा भनाईको रूपमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "हे परमेश्‍वर, तपाईंले मलाई त्याग्‍नुभएकोजस्तो मलाई महसुस हुन्छ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंले मलाई ... त्याग्‍नुभएको

"तपाईंले मलाई ... एक्‍लै छोड्नुभएको"

तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ?

यहाँ फेरि पनि लेखकले परमेश्‍वर तिनीबाट टाढा हुनुहुन्छ भनेर उनी महसुस गर्छन् भन्‍ने जोड दिनलाई उनी यो प्रश्‍न गर्छन् । यसलाई प्रश्‍नकै रूपमा छाडेको असल हुन सक्छ । यसलाई एउटा भनाईको रूपमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तपाईं मलाई बचाउनबाट धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

दिनको समयमा ... रातको समयमा

लेखकले परमेश्‍वरलाई हर समय प्रार्थना गर्छन् भनी बताउनको लागि "दिन" र "रात" शब्दहरू प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

म शान्‍त छैन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म अझै बोल्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद