ne_tn/psa/020/007.md

2.5 KiB

कसैले रथहरूमा र अरूले घोडाहरूमा भर पर्छन्

यहाँ "रथहरू" र "घोडाहरू" ले राजाका सेनालाई बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अरूले घोडाहरूमा भर पर्छन्

अर्को अनुवादः "अरूले धोडाहरूमा भरोसा गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

हामी ... पुकारा गर्छौं

यहाँ "हामी" ले राजा र तिनका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-inclusive)

तिनीहरू तल झारिनेछन् र ढल्‍नेछन्

यहाँ "तिनीहरू" ले रथहरू र घोडाहरूमा भर पर्ने मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले तिनीहरूलाई तल झार्नुहुनेछ र ढाल्नुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

झारिनेछन् र ढल्‍नेछन्

यी दुवै वाक्यांशहरूले मुलतः उस्तै अर्थ दिन्छन् । यी दुवैले युद्धमा पराजय हुनुलाई बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

हामी उठ्नेछौं र सोझो खडा हुनेछौं

यी दुवै वाक्यांशहरूले मुलतः उस्तै अर्थ दिन्छन् । यी दुवैले युद्धमा विजय हुनुलाई बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद