ne_tn/psa/007/006.md

3.4 KiB

हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस्

उठ्‍नुले केही गर्नु वा कदम चाल्‍नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "तपाईंको रिसमा केही गर्नुहोस्" वा "मेरा शत्रुहरूसित रिसाउनुहोस् र कारवाही गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस्

मानिसहरूको विरूद्ध लड्नुलाई तिनीहरूको विरूद्ध खडा हुनुको रूपमा बताइएको छ । अर्को अनुवादः "मेरो शत्रुहरूको विरूद्ध लड्नुहोस्" वा "मेरो विरूद्ध आउने शत्रुहरूलाई आक्रमण गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरा शत्रुहरूका विरुद्ध

तिनीहरूका विरूद्धले तिनीहरूका आक्रमणलाई जनाउँछ । अर्को अनुवादः "मेरा शत्रुहरूका आक्रमण" वा "मेरा शत्रुहरू जसले मलाई आक्रमण गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जाग्‍नुहोस्

जाग्‍नुले केही गर्नु वा कदम चाल्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "कदम चाल्नुहोस्" वा "केही गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो खातिर

"मेरो लागि" वा "मलाई सहायता गर्न"

देशहरू ... भेला हुन्‍छन्

यहाँ "देशहरू" शब्दले आक्रमण गर्नको लागि भेला भएका सबै सेनाहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूमाथि फेरि पनि आफ्‍नो उचित स्थान लिनुहोस्

परमप्रभुको यथोचित स्थानले कि त स्वर्गलाई कि सामान्यतया शासन गर्नुलाई जनाउँछ । अर्को अनुवादः "स्वर्गबाट तिनीहरूमाथि शासन गर्नुहोस्" वा "तिनीहरूमाथि शासन गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद