ne_tn/psa/006/003.md

3.0 KiB

धेरै दुःखमा

"भयभीत" वा "चिन्तित"

यो कहिलेसम्म निरन्‍तर रहन्‍छ

दाऊद कमजोर र पीडा महसुस गरिरहन चाँहदैनन् भन्‍ने देखाउनको लागि उनी यो प्रश्‍न गर्छन् । अर्को अनुवादः 'कृपया यो निरन्तर हुन नदिनुहोस्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

हे परमप्रभु फर्कनुहोस्

दाऊदले परमेश्‍वर आफूप्रति दयालु हुनुलाई परमेश्‍वर आफूकहाँ फर्कनुको रूपमा बताउँछन् । अर्को अनुवादः "परमप्रभु मतर्फ फर्कनुहोस्" वा "परमप्रभु ममाथि दया देखाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

किनभने मृत्युमा तपाईंको कुनै सम्झना हुँदैन । चिहानमा तपाईंलाई कसले धन्यवाद दिनेछ?

यी दुवै वाक्यहरूले उस्तै अर्थ दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

किनभने मृत्युमा तपाईंको कुनै सम्झना हुँदैन

सम्झनाले प्रशंसालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "किनभने मानिसहरू मरेपछि तिनीहरूले तपाईंको प्रशंसा गर्दैनन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

चिहानमा तपाईंलाई कसले धन्यवाद दिनेछ?

चिहानमा परमेश्‍वरलाई कसैले पनि धन्यवाद दिँदैनन् भनेर जोड दिनलाई दाऊद यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "चिहानमा कसैले पनि तपाईंलाई धन्यवाद दिने छैनन्!" वा "मरेकाहरूले तपाईंको प्रशंसा गर्न सक्दैनन्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद