ne_tn/psa/004/006.md

4.8 KiB

हामीलाई कुनै असल कुरा कसले देखाउने छ र?

यो प्रश्‍न कि त केही कुराको माग गर्नको लागि कि त नघटेको कुराको बारेमा इच्छा व्यक्त गर्नको लागि प्रयोग भएको छ । अर्को अनुवादः "कृपया हामीलाई कुनै असल कुरा देखाउनुहोस्" वा "हामीलाई कसैले असल कुरा देखाओस भनी हामी इच्छा गर्छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

हामीलाई कुनै असल कुरा कसले देखाउने छ र?

कुनै असल कुरा देखाउनुले असल कुराहरू ल्याउनु वा घटेका असल कुराहरू भन्‍नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "हामीकहाँ असल कुराहरू कसले ल्याउँछ र?" वा "कुनै असल कुरा भएको छ भनी कसले भन्‍छ र?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको मुहारको ज्योति हामीमा चम्काउनुहोस्

परमप्रभुले तिनीहरूप्रति अनुग्रही भएर काम गर्नुलाई लेखक यसरी बताउँछन् कि मानौं परमप्रभुको मुहारको ज्योति तिनीहरूमाथि चम्कियो । अर्को अनुवादः "हामीप्रति अनुग्रही भएर काम गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

धेरै खुसी तपाईंले मेरो हृदयमा दिनुभएको छ

हृदयले व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "तपाईंले मलाई धेरै खुसी दिनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

अरूसँग ... भन्दा धेरै खुसी तपाईंले मेरो हृदयमा दिनुभएको छ

खुसीको बारेमा यसरी बताइएको छ कि मानौं त्यो दिन सकिने कुनै वस्तु हो । अर्को अनुवादः "अरूसँग ... भन्दा धेरै खुसी तपाईंले मलाई बनाउनुभएको छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

आफ्‍नो अन्‍न र नयाँ दाखमद्य प्रशस्‍त भएको बेलामा

"नयाँ दाखमद्य" ले दाखलाई प्रतिनिधित्व गर्न सक्छ । अर्को अनुवादः "तिनीहरूले अन्‍न र दाखहरूका फसलका प्रशस्त कटनी गर्ने बेलामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शान्तिमा ढल्किनेछु र निदाउनेछु

शान्तिको बारेमा यसरी बताइएको छ कि मानौं त्यो एउटा ठाउँ थियो । अर्को अनुवादः "ढल्केर निदाउँदा म शान्तिमा हुनेछु" वा "म ढल्केर निदाउँदा मलाई खतराको डर हुनेछैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

मलाई सुरक्षित बनाउनुहुन्छ

अर्को अनुवादः "मलाई पुर्ण रूपले सुरक्षित पार्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद