ne_tn/psa/004/002.md

3.1 KiB

सामान्य जानकारीः

आफ्‍ना शत्रुहरूसित बोलेजस्तै दाऊदले गीतको यो भाग गाउँछन् ।

ए मानिसहरू, मेरो इज्‍जतलाई तिमीहरू कहिलेसम्म लाजमा परिवर्तन गर्छौ?

आफ्‍ना शत्रुहरूलाई हप्काउनको लागि दाऊद यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "तिमी मानिसहरूले मेरो इज्जतलाई निरन्तर शर्ममा परिवर्तन गर्छौ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मेरो इज्‍जतलाई ... लाजमा परिवर्तन गर्छौ

तिनलाई इज्जत गर्नुको सट्टा लाजमा पार्नुलाई तिनको इज्जत लाजमा पार्नुको रूपमा बताइएको छ । अर्को अनुवादः "मेरो इज्जत गर्नुको सट्टा मलाई लाजमा पार्छौ" वा "मेरो इज्जत गर्नुपर्नेमा लाज ल्याउँछौ"

कहिलेसम्म तिमीहरू व्‍यर्थका कुरालाई प्रेम गर्छौ अनि झुटको पछि लाग्छौ?

आफ्‍ना शत्रुहरूलाई हप्काउनको लागि दाऊद यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "तिमीहरू व्‍यर्थका कुराहरू र झुटको पछि लाग्‍न जारी राख्छौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

व्‍यर्थका कुरालाई प्रेम गर्छौ ... झुटको पछि लग्छौ

अर्थमा यी दुवै वाक्यांशहरू उस्तै छन् । झुटहरू व्‍यर्थका छन् । अर्को अनुवादः "व्‍यर्थका झुटहरू मन पराउँछौ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

धर्मीहरूलाई परमप्रभुले आफ्नो निम्ति अलग गर्नुहुन्छ

"परमप्रभुले आफ्नो निम्ति धर्मी मानिसहरू चुन्‍नुहुन्छ"

शब्द अनुवाद