ne_tn/pro/28/11.md

2.8 KiB

आफ्नै दृष्‍टिमा बुद्धिमान् होला

"आफ्नै दृष्‍टिमा" वाक्यांशले तिनको विचारलाई जनाउँछ । अर्को अनुवादः "आफ्नै विचारमा बुद्धिमान् होला" वा "आफैलाई बुद्धिमान् सोच्छ होला ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

समझशक्ति भएको

अर्को अनुवादः "बुझ्‍ने मानिस"

त्यसलाई पत्ता लगाउने छ

यो एउटा वाक्‍पद्धति हो जसको अर्थ गरिब मानिसले धनी मानिस साँच्चै नै बुद्धिमान् छ कि छैन भनी निर्णय गर्न सक्छ । अर्को अनुवादः"त्यसको साँचो प्रवृत्ति देखिनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

धर्मीहरू विजय हुँदा

"धर्मीहरू सफल हुँदा"

दुष्‍टहरूको उदय हुँदा

यो एउटा वाक्‍पद्धति हो जसको अर्थ दुष्‍टहरूले शक्ति पाउँदा वा शासन गर्न लाग्दा" हुन्छ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

दुष्‍टहरू

यसले समग्रमा दुष्‍ट मानिसहरुलाई जनाउँछ । अर्को अनुवादः "दुष्‍ट मानिसहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

मानिसहरू लुक्न थाल्छन्

दुष्‍ट मानिसहरू उदय हुँदा मानिसहरूले कसरी प्रतिक्रिया देखाउँछ भन्‍ने बारेमा यसरी बताइएको छ कि मानौं मानिसहरू शक्ति भएका मानिसहरूबाट लुक्छन् जबकि तिनीहरू साँच्चै नै लुकिरहेका हुँदैनन् । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-hyperbole]] and [[rc:///ta/man/translate/figs-rpronouns]])

शब्द अनुवाद