ne_tn/pro/24/11.md

5.4 KiB

सामान्‍य जानकारी

यी पदहरूले "तीस भनाइ" (२२:२०) लाई निरन्तरता दिन्छ ।

लगिँदै गरेकाहरूलाई

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः तिनीहरूले लग्दै गरेकाहरूलाई" तिनीहरू जो पनि हुन सक्छन् तर सम्भवतः सरकारी अधिकारीहरू हुन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

लगिँदै

"घिसारिँदै" अर्को सम्भावित अर्थ हो ।

ढुनमुनिएकाहरू

ढलपल गर्दै र खस्ला जस्तै गरी हिँड्नेहरू ।यस शब्दले कुनै व्यक्तिलाई घिसारिँदै लगिँदा त्यसको हिँड्ने तरिकाको पनि वर्णन गर्न सक्छ ।

"हामीलाई यस विषयमा केही थाहा थिएन," भनी तैँले भनिस् भने

पाठकहरूले गलत सोचिरहेको हुन सक्ने कुराहरूको बारेमा लेखक जवाफ दिँदै छन् । अर्को अनुवादः "हामीलाई यस विषयमा केही थाहा थिएन," भनी तैँले भन्‍न सक्छस् तर"

के हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्‍न र ?

पाठकहरूलाई उत्तर थाहा छ भनी अनुमान लगाउँदै लेखक यो प्रश्‍न जोड दिनको लागि सोध्छन् । अर्को अनुवादः "हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हृदयको जाँच

"हृदय" शब्दले कुनै पनि व्यक्तिले के सोच्छ वा इच्छा गर्छ भन्‍ने कुराको निम्ति metonym हो । लेखकले कुनै व्यक्तिले सोच्‍ने वा इच्छा गर्ने कुराको बारेमा यसरी बताउँछन् कि मानौं त्यो कुनै भौतिक वस्तु थियो जसको जाँच मानिसले गर्न सक्छ ।जाँच गर्नु केही कुरा कति असल छ भनेर नजिकबाट नियाल्नुको निम्ति रू हो ।अर्को अनुवादः "मानिसहरूले साँच्चिकै कत्तिको असल कुरा सोच्छ वा इच्छा गर्छ भन्‍ने जान्‍नुहुने" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-metaphor]])

जाँच गर्नुहुने

लेखकले "जाँच गर्नुहुने" परमप्रभु हुनुहुन्छ भनी पाठकले जानेको अपेक्षा गर्छन् । अर्को अनुवादः "परमप्रभु, जसले" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

तेरो जीवनको रखवाली गर्नुहुनेलाई के यो कुरा थाहा छैन र ?

पाठकहरूलाई उत्तर थाहा छ भनी अनुमान लगाउँदै लेखक यो प्रश्‍न जोड दिनको लागि सोध्छन् । अर्को अनुवादः "तेरो जीवनको रखवाली गर्नुहुनेलाई यो कुरा थाहा छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के परमेश्‍वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्‍न र ?

पाठकहरूलाई उत्तर थाहा छ भनी अनुमान लगाउँदै लेखक यो प्रश्‍न जोड दिनको लागि सोध्छन् । अर्को अनुवादः "परमेश्वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद