ne_tn/pro/23/26.md

4.1 KiB

सामान्‍य जानकारी

यी पदहरूले "तीस भनाइ" ( २२:२०) लाई निरन्तरता दिन्छ ।

मलाई तेरो हृदय दे

"हृदय" शब्द मानिसले सोच्‍ने कुरा वा निर्णय गर्ने कुराको निम्ति लक्षणा हो ।सम्भावित अर्थहरू हुन्: १) "राम्रोसँग ध्यान दे ।" वा २) ममाथि पूरा भरोसा गर् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तेरा आँखाले मेरा मार्गहरू हेरून्

यहाँ आँखा सिङ्‍गो व्यक्तिको निम्ति उपलक्षक हो । अर्को अनुवादः " हेर्" वा "ध्यानपूर्वक हेर्" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

वेश्या...अनैतिक स्‍त्री

यहाँ दुई किसिमका यौन सम्बन्धी अनैतिक स्‍त्रीहरू हुन्। "वेश्‍या" अविवाहित ,"अर्काकी पत्‍नी" विवाहित । यो एकसाथ सबै किसिमका व्यभिचारीणीको निम्ति merism हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

वेश्या एउटा गहिरो खाडल हो

"खाडल" शब्द वेश्‍यासँग सुत्‍ने मानिसलाई हुने कुराको निम्ति रूपक हो । अर्को अनुवादः "वेश्‍यासँग सुत्‍नु भनेको एउटा गहिरो खाडलमा खस्‍नुजस्‍तै हो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

वेश्या

यहाँ यो शब्दले यौन क्रियामा संलग्‍न कुनै पनि अविवाहित स्‍त्रीलाई जनाउँछ, पैसाको लागि देहव्यपार गर्ने मात्र होइन ।

गहिरो खाडल ... साँघुरो इनार

यी दुई ठाउँहरूमा खस्‍न सजिलो हुन्छ तर बाहिर निस्‍कन गाह्रो हुन्छ किनभने "खाडल" "गहिरो" हुन्छ र "इनार" "साँघुरो" हुन्छ ।

अनैतिक स्‍त्री एउटा साँघुरो इनार हो

दण्ड पाउनेगरी खराबी गर्नुलाई साँघुरो ठाउँमा निस्कन नसकिनेगरी खस्‍नुजस्तै गरी बताइएको छ । अर्को अनुवाद: "अर्काकी पत्‍नीसँग सुत्‍नु साँघुरो इनारमा खस्‍नुजस्तै हो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

इनार

मानिसहरूले पानी पाउनको लागि जमीनना खनेको प्वाल

ढुकिबस्छे

शिकार आउँदा आक्रमण गर्न तयार भई लुकी बस्छे

विश्‍वासघातीहरू

अर्को अनुवादः" विश्वासघाती मानिसहरू" वा "छल गरी अरूलाई हानि गर्नेहरू"

शब्द अनुवाद