ne_tn/pro/23/22.md

1.9 KiB

सामान्‍य जानकारीः

यी पदहरूले "तीस भनाइ" ( २२:२०) लाई निरन्तरता दिन्छ ।

उनलाई तुच्छ नठान्

यसलाई करणमा लेख्‍न सकिन्छ । "उनलाई आदर गर् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

सत्यलाई किन्, र त्यसलाई नबेच् । बुद्धि, अर्ती र समझशक्तिलाई किन्

अर्को सम्भावित अर्थ हो : "सत्यलाई किन् र बुद्धि, अर्ती र समझशक्तिलाई नबेच् ।" "बुद्धि, अर्ती र समझशक्ति" को बारेमा यसरी बताइएको छ कि मानौं ती कुनै भौतिक वस्तुहरू थिए जसलाई कुनै व्यक्तिले बजारमा किन्‍न वा बेच्‍न सक्छ । अर्को अनुवादः " जे गर्नुपर्छ त्यो गर् ताकि तैँले के सत्य हो, त्यो जान्‍न सकेस्, तँ बुद्धिमान् हुन सकेस्, कसरी कार्य गर्नुपर्छ त्यो जान्‍न सकेस् र खराबबाट तैँले असल जान्‍न सकेस्, यी कुराहरूभन्दा अरू कुनै कुरालाई महत्‍वपूर्ण नठान् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद