ne_tn/pro/23/19.md

2.8 KiB

सामान्‍य जानकारीः

यी पदहरूले "तीस भनाइ" ( २२:२०) लाई निरन्तरता दिन्छ ।

हे मेरो छोरो, सुन्

"हे मेरो छोरो, ध्यान दिएर सुन् ।" सुन्‍ने मानिसले ध्यान दिइरहेको कुरा निश्‍चय गर्न वक्ता थप शब्द बोल्छन् ।

तेरो हृदयलाई सुमार्गमा लगा

सही कुरा गर्न निर्णय लिनुलाई यसरी बताइएको छ कि मानौं एउटा व्यक्तिले अर्को व्यक्तिलाई सही मार्गमा हिँड्नलाई देखाउँदै थियो । अर्को अनुवादः"जे बुद्धिमानी छ त्यही गर्न निश्‍चय गर" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

धेरै मासु हुसर्नेहरू

सम्भावित अर्थहरू हुन्: १) "आफूलाई चाहिनेभन्दा बढी मासु खाने मानिस" वा २) यो "आफूलाई चाहिनेभन्दा बढी खाना खाने मानिस" को निम्ति उपलक्षक हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ

"लट्ठयाइ" शब्द खाएर पिएर धेरै समय बिताउने मानिसको निम्ति अतिशयोक्ति हो । यस कार्यको बारेमा यसरी बताइएको छ कि मानौं त्यो एउटा अभिभावक थियो जसले एउटा बालकलाई लुगा लगाउँदै थियो । अर्को अनुवादः "तिनीहरूले धेरै समय खाएर र पिएर बिताउने भएकोले तिनीहरूले काम गर्नेछैनन् जसको कारण तिनीहरू गरीब हुनेछन् ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] and [[rc:///ta/man/translate/figs-hyperbole]])

शब्द अनुवाद