ne_tn/pro/22/17.md

3.6 KiB

सामान्य जानकारीः

पद १७ ले हितोपदेश पुस्तकमा नयाँ भागको परिचय सुरूवात गर्छ ।

आफ्नो कान थाप् र ... सुन्

यहाँ "कान" ले सुनिरहने मानिसलाई जनाउँछ । कसैलाई ध्यान दिएर सुन्‍नुलाई लेखक यसरी बताउँछन् कि मानौंयो बोलिरहने मानिसको छेउमा कान पुगोस् भनेर अगाडितिर निहुरिनुजस्तो हुन्छ । तपाईंले हितोपदेश ४:२० मा "कान थाप्" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "ध्यान दे र सुन्" वा "ध्यान दिएर सुन्" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] and [[rc:///ta/man/translate/figs-metaphor]])

बुद्धिमान्‌का वचनहरू

"बुद्धिमान मानिसले जे भन्‍छ"

मेरो ज्ञान

बोल्‍ने मानिस हितोपदेश १:७ को बुबाजस्तै हुन् । तिनले "मेरो ज्ञान" को रूपमा "बुद्धिमानको ज्ञान" को बारेमा भनेका हुन सक्छ । अर्को अनुवादः "मसँग भएको ज्ञान जुन म तिमीहरूसित बाँड्दै छु" वा "मलाई जे थाहा छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

तेरो हृदय लगा

यो एउटा वाक् पद्धति हो । अर्को अनुवादः "बुझ्‍न र सम्झनको लागि सक्दो प्रयास गर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

ती सबै तेरो ओठमा तयार भए

मानिस बोल्‍न तयार हुनुलाई यसरी बताइएको छ कि मानौंत्यो तयार भएको शब्द थियो । अर्को अनुवादः "तिनीहरूको बारेमा तिमी हरबखत बोल्‍न सक्षम छौ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

आज ... तँलाई

"आज ... हो, म तँलाई सिकाउँदै छु" । वक्ताले अरू कसैलाई नभई सुन्‍नेलाई सिकाउँदैछन्, र तिनले सुन्‍नेलाई सिकाउँदैछन् किनभने सुन्‍नेले सिक्नुपर्छ । यदि यस तरिकाले जोड दिन तपाईंको भाषामा अप्ठ्यारो हुन्छ भने यसलाई अर्कै तरिकाले जोड दिँदा हुन्छ ।

शब्द अनुवाद