ne_tn/pro/22/07.md

3.9 KiB

सापट लिनेचाहिँ सापट दिने

के चाहीं सापट लिइएको वा दिइएको हो भनेर तपाईंले स्पष्‍ट पार्न आवश्यक हुन सक्छ । अर्को अनुवादः "पैसा लिनेचाहिँ पैसा दिने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अन्याय छर्नेले सङ्कष्टको कटनी गर्नेछ

शासक वा अरू शक्तिशाली मानिसहरूले कम शक्तिका मानिसहरूलाई अन्यायपूर्वक व्यवहार गर्नुलाई लेखक यसरी बताउँछन् कि मानौंत्यसले बिउहरू छर्दै थिए जसले सङ्कष्‍ट ल्याउने बिरूवाहरू उमार्नेछन् । अर्को अनुवादः "यदि मानिसले आफूभन्दा कम शक्ति भएकाहरूलाई अन्यायसाथ व्यवहार गर्छ भने, तिनीहरूले पछि त्यसलाई सङ्कष्‍ट ल्याउनेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यसको झोँखको लौरो भाँचिनेछ

अरू मानिसहरूमाथिको शक्तिको लागि "लौरो" शब्द लक्षणा हो । सम्भावित अर्थहरू १) अन्यायी शासकले अरू मानिसहरूलाई अन्यायपूर्वक व्यवहार गर्न लगाएको शक्ति गुमाउनेछ वा २) त्यसले गरेको अन्यायको कारण मानिसहरूले त्यसलाई हानि गरेर प्रतिक्रिया जनाउँदा त्यससित तिनीहरूलाई रोक्‍ने शक्ति हुनेछैन । अर्को अनुवादः "त्यसले मानिसहरूलाई हानि गर्ने गरेको शक्ति त्यससित हुनेछैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यसको झोँखको लौरो

अरू मानिसहरूमाथिको शक्तिको लागि "लौरो" शब्द लक्षणा हो । अन्यायी मानिसले निर्दोष मानिसहरूलाई यसरी हानि गरिरहेको छ कि मानौं त्यो तिनीहरूसित धेरै रिसाइरहेको थियो । अर्को अनुवादः "मानिसहरूलाई दण्‍ड दिएजस्तै त्यसले प्रयोग गरेको लौरो" वा "अरूलाई हानि गर्न त्यसले प्रयोग गरेको शक्ति" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

भाँचिनेछ

अनुवाद गरिएको शब्द "भाँचिनेछ" पनि बिरुवा मरेर जानुको लागि प्रयोग गरिएको छ ।

शब्द अनुवाद