ne_tn/pro/20/15.md

3.3 KiB

ज्ञानको ओठ बहुमूल्य रत्‍न हो

यसले ओठको ज्ञानलाई बहुमूल्य रत्‍नसित तुलना गर्छ । अर्को अनुवादः "ओठका ज्ञानहरू महंगो रत्‍नजस्तै बहुमूल्य हुन्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ज्ञानको ओठ

यहाँ "वचनहरू" लाई "ओठ" द्वारा जनाइएको छ । अर्को अनुवादः "बुद्धिमान् वचनहरू" वा "ज्ञानका वचनहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू

पैसा सापटि दिँदा दिनेले पैसा लिनेबाट केही कुरा, जस्तै कपडा, पैसा फिर्ता गर्ने कबुलको रूपमा लिन्छ । त्यसले त्यो पैसा तिरिसकेपछि त्यो सामान फिर्ता दिन्छ । यदि त्यो सापटि लिने मानिस धेरै गरिब रहेछ भने अरू कसैले सापटि दिनेलाई कबुलको रूपमा केही दिन सक्छ । यस भनाइको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "परदेशीले जे लिएको छ त्यो फिर्ता गरिनेछ भनेर कबुल गर्नेबाट जमानीको रूपमा खास्टो खोस्‍नु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जमानी

यो एउटा वाक्‍पद्धति हो । केही कुरा "धरौटी राख्नू" को अर्थ कसैले ऋण चुकाउनेछु भनेर धरौटी वा प्रतिज्ञाको रूपमा दिएको केही कुरा राख्‍नु हो । अर्को अनुवादः "चुक्ता गर्ने जमानीको रूपमा त्यसको कपडा राख्‍नु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यो धरौटी राख्‍नू

यो एउटा वाक्पद्धति हो । "केही कुरा धरौटी राख्नू" को अर्थ कसैले ऋण तिर्छ भनेर धरौटी वा बाचा केही कुरा राख्नू हो । अर्को अनुवादः "फिर्ता दिने हिसाबले त्‍यसको खास्टो राख्नू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद