ne_tn/pro/20/07.md

2.5 KiB

आफ्नो सत्यनिष्‍ठामा चल्छ

यहाँ चल्‍नुले जिउनुलाई जनाउँछ । तपाईंले हितोपदेश १९:१ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "त्यसको सत्यनिष्‍ठाद्वारा चल्‍छ" वा "इमान्दार जीवन जिउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यसलाई पछ्याउने त्यसका छोराहरू

सामान्य रूपमा यसको अर्थ तिनीहरू त्यो भन्दा साना र त्यसका छोराहरू भएकोले त्यसलाई पछ्याउनेछन् भन्‍ने हुन्छ । यदि तपाईंको भाषामा यसलाई अप्ठ्यारो खालको सुनिन्छ भने यस वाक्यांशलाई स्पष्‍ट हुनको लागि छोड्न सकिन्छ । अर्को अनुवादः "त्यसपछिका छोराहरू" वा "त्यसका छोराहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

आफ्नो सामु भएका सबै खराबी आफ्नै आँखाले केलाउँछन्

यसले राजाले विभिन्‍न किसिमका खराबीहरूको न्याय गर्नुलाई यसरी बताउँछ कि मानौं तिनले तिनीहरूलाई मानिसले अन्‍न केलाएजस्तै छुट्याउँदैछन् । अर्को अनुवादः "हेर्छन् र तिनको सामु ल्याइएका विभिन्‍न किसिमका खराबीहरू मिलाउँछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद