ne_tn/pro/20/01.md

4.1 KiB

दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्गाल मच्चाउने कुरो हो

यी दुवै वाक्यांशहरूका मुलतः उस्तै अर्थ छन् र अत्यन्तै धेरै दाखमद्यको खतरालाई जोड दिनको लागि संयोजित छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

दाखमद्य खिल्ली उडाउने कुरो हो

यहाँ "दाखमद्य" ले दाखमद्य पिएर मात्तिएको मानिसलाई जनाउँछ । अर्को अनुवादः "दाखमद्यले मात्तिएको मानिसले खिल्ली उडाउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मदिराचाहिँ कचिङ्गाल मच्चाउने कुरो हो

यहाँ "मदिरा" ले मात्तिएको मानिसलाई जनाउँछ । अर्को अनुवादः "मदिराले मात्तिएको मानिसले झगडा सुरू गर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

कचिङ्गाल मच्चाउने

प्रायः सार्वजनिक स्थलमा चर्को आवाजमा झगडा गर्ने मानिस

मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन

अर्को अनुवादः "स्पष्‍टसित सोच्‍नै नसक्नेगरी पिउने जोकोही" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मदिराद्वारा

यहाँ "मदिरा" ले मादक पदार्थहरूलाई जनाउँछ ।

बुद्धिमान् हुँदैन

यसले "बुद्धिमान्" को ठिक विपरित अर्थ दिन्छ, जुन "मूर्ख" हो । अर्को अनुवादः "मूर्ख हुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

राजाको डर गर्जिरहेको जवान सिंहको डरजस्तै हुन्छ

यसले मानिसहरू राजाको क्रोधसित डराउने कुरालाई तिनीहरू जवान सिंहसित डराउनुसित तुलना गर्छन् । अर्को अनुवादः "राजाको क्रोधले तिनीहरूलाई यति धेरै त्रसित पार्छ कि मानौं तिनीहरू आफूतिर गर्जिरहेको सिंहपट्टि फर्केका छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तिनलाई रिस उठाउने

"राजालाई रिस उठाउने"

आफ्नो जीवन गुमाउँछ

यसले मारिनुलाई जनाउँछ । यहाँ "जीवन" ले शारीरिक जीवनलाई जनाउँछ । अर्को अनुवादः "मर्नेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद