ne_tn/pro/16/01.md

3.7 KiB

हृदयका योजनाहरू मानिसका हुन्

यहाँ "हृदय" शब्दले व्यक्तिको मन र विचारलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मानिसले मनमा योजनाहरू बनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ

सम्भावित अर्थहरू १) परमप्रभुले आफ्‍नो उत्तर मानिसका योजनाहरूलाई बताउनुहुन्छ, जुन मानिसहरूका योजनाहरूका प्रतिफल परमप्रभुले तय गर्नुहुन्छ भन्‍ने बुझाउने एउटा रूपक हो । वा २) परमप्रभुले बनाउनुभएका योजनाहरूका बारेमा वचनहरू बोल्‍न त्यस मानिसलाई सक्षम तुल्याउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जिब्रोको जवाफ

यो वाक्यांश कसैले बोल्‍ने शब्दको लागि लक्षणा हो । अर्को अनुवादः "त्यसले भन्‍ने जवाफ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मानिसका सबै मार्ग उसको आफ्नै दृष्‍टिमा शुद्ध छन्

"दृष्‍टि" शब्द त्यस मानिसले सहि वा गलत बारेमा सोच्‍ने तरिकाको लागि लक्षणा हो । मानिसले गर्ने कुरालाई लेखक यसरी बताउँछन् कि मानौंत्यो मानिस बाटोमा हिँडिरहेको थियो । अर्को अनुवादः "मानिसले गर्ने हरेक कुराहरू शुद्ध छ भनेर त्यसले सोच्‍छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-metaphor]])

परमप्रभुले अभिप्रायहरू जोख्नुहुन्छ

यहाँ "अभिप्राय" ले मानिसहरूको चाहना र उद्देश्यहरूलाई प्रतिनिधित्व गर्छ । परमप्रभुले मानिसको चाहनाहरू र उद्धेश्यलाई बुझ्‍नु वा न्याय गर्नुलाई लेखक यसरी बताउँछन् कि मानौ उहाँले त्यस मानिसको आत्मालाई जोख्दै हुनुहुन्थ्यो । अर्को अनुवादः "परमप्रभुले मानिसको उद्देश्यहरूलाई न्याय गर्नुहुन्छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद