ne_tn/pro/13/11.md

3.3 KiB

धनको महत्त्व घट्दै जान्छ

"धन घट्दै जान्छ" वा "धन बिस्तारै हराउँदै जान्छ"

आफ्नो हातले परिश्रम गरेर

"आफ्नो हातले परिश्रम गरेर" ले मानसिक वा अरू कुनै प्रकारको कामको सट्टा शारीरिक कामलाई जनाउँछ । धेरै मानिसहरूले शारीरिक कामलाई थोरै मूल्यको ठान्छ । अर्को अनुवाद: "शारीरिक बलले काम गरेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

धन बढ्दै जान्छ

धनलाई बढ्‍ने रूखसँग तुलना गरिएको छ । अर्को अनुवाद: "वृद्धी गर्दै जान्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आशालाई स्थगित गरिँदा

"आशा" ले व्यक्तिले आशा गरेको कुरालाई प्रतिनिधित्व गर्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "जब व्यक्तिले केही कुराको लागि आशा गर्छ तर धेरै समयको लागि त्यो पाउँदैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-activepassive]])

यसले हृदय छिया-छिया पार्छ

व्यक्तिको हृदय छिया-छिया पर्नुले दुःखले त्यस व्यक्तिलाई घेर्नु भन्‍ने कुरा जनाउँछ । अर्को अनुवाद: "यसले अत्यन्तै दु:खित बनाउँछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

पुरा भएको तृष्णा जीवनको रुख हो

कसैले आफूले चाहेको कुरा प्राप्त गर्नु र धेरै खुसी हुनुलाई यसरी बताइएको छ कि मानौँ तिनीहरूको आशा पुरा हुनु जीवन दिने रूख थियो । अर्को अनुवाद: "पुरा भएको तृष्णा जीवनको रुखझैँ हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जीवनको रुख

"जीवन दिने रूख" वा "जीवन धान्‍ने फल भएको रूख ।" तपाईंले ३:१८ मा गरेजस्तै अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद