ne_tn/pro/09/13.md

2.2 KiB

सामान्य जानकारी:

यी पदहरूले मूर्खतालाई वर्णन गर्न थाल्छ जसलाई मानिसको रूपमा मूर्त रूप पनि दिइएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

मूर्ख स्‍त्री

यद्यपि, यदि तपाईंको भाषाले यस अध्यायको अघिल्लो भागमा बुद्धिलाई मानिसझैँ मूर्त रूप दिइएको छ भने, मूर्खलाई पनि मूर्त रूप दिन सकिन्छ । अर्को अनुवाद: "स्‍त्रीको मूर्खता" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन

यी दुई अभिव्यक्तिहरूले मू्लत: एउटै अर्थ दिन्छन् जुन मूर्ख स्‍त्री कति सम्‍म बेकाम छे भनी देखाउनलाई दोहोरिएको छ । अर्को अनुवाद: "त्यसलाई केही पनि थाहा छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

त्यो अशिक्षित हुन्छे

"त्यसले आफ्नो अनुभवबाट सिकेकी छैन" वा "त्यो जवान र निर्बुद्धि छे"

आफ्नो बाटोमा सिधा अगाडि बढ्नेहरू

"आफ्नै मामिला बारे सोच्‍ने" वा "आफ्नै कुरालाई ध्यान दिने" कुराको लागि यो वाक्पद्घति हुन सक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद