ne_tn/pro/07/22.md

2.8 KiB

मारिनलाई लगिएको गोरुझैँ ... जालतिर कुदिरहरेको चरोजस्तो थियो

सोझो र नराम्रो तरिकाले जवान मानिसले व्यभिचारी स्‍त्रीलाई पछ्याउने कुरालाई तिन जनावरहरूले आफू खतरामा परेको बारे चाल नपाएको तरिकासँग तुलना गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

मारिन

यसले जनावरको मासु खानको लागि त्यसलाई मारिरहेको कुरालाई जनाउँछ ।

मृग

५:१९ मा गरेजस्तै अनुवाद गर्नुहोस् ।

त्यो अकस्मात् स्त्रीको पछि लाग्यो

जवान मानिसले आफूले के गर्नुपर्छ भन्‍ने बारे सोच्‍नलाई एकदम थोरै समय लियो भनी यसले संकेत गर्न खोजेको देखिन्छ । अर्को अनुवाद: "त्यसले स्त्रीको पछि लाग्‍नलाई चाडो निर्णय लियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

वाणले त्यसको कलेजो नछेडेसम्म

सिकारीले मृगलाई वाणले हान्‍नको लागि पासो थापेको छ भनी यसले संकेत गर्छ । अर्को अनुवाद: "सिकारीले त्यसको विशेष अङ्गमा प्रहार नगरेसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

कलेजो

यहाँ यस अङ्गले मृगको एकदम विशेष भागलाई प्रतिनिधित्व गर्छ ।

आफ्नो ज्यानै गुमाउनुपर्थ्यो

परिणाम स्वरूप यो व्यक्ति मर्नेछ भन्‍नको लागि यो एउटा तरिका हो । अर्को अनुवाद: "मार्नेथ्यो" वा "चाँडै नै मर्नेथ्यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद