ne_tn/pro/07/01.md

3.7 KiB

मेरा आज्ञाहरू तँभित्र सञ्चय गरेर राख्

यहाँ परमेश्वरको आज्ञाहरूको बारेमा यसरी बताइएको छ कि मानौँ ती वस्तु थिए जसलाई कसैले भण्डार घरमा राख्‍न सक्थे । अर्को अनुवाद: "मेरा आज्ञाहरू कण्ठ गर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो निर्देशनलाई ... जोगाइराख्

यहाँ जोगाइराख् शब्दले पालन गर्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "मेरो निर्देशनलाई ... पालन गर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तेरो आँखाको नानीजस्तै

आँखाको नानी आँखा भित्र भएको भाग हो जसलाई मानिसहरूले सामान्यतया आफ्नो अनुहारमा कुनै वस्तु उडरे आउँदा स्वत: रक्षा गर्छ । यहाँ "आँखाको नानी" ले व्यक्तिले धेरै मूल्यको ठान्‍ने र सुरक्षा दिने जुन सुकै कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "तेरो मूल्यवान् सम्पत्ति जस्तै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनलाई तेरा औँलाहरूमा बेह्रेर राख्

सम्भावित अर्थहरू: १) लेखकले आफ्नो छोराले परमेश्वरबाटको केही आज्ञाहरूलाई औँठीमा खोपेर लगाएको चाहन्छन्, वा २) लेखक आफ्नो छोराले परमेश्वरका आज्ञाहरू सधैँ सम्झेको चाहन्छन्, कि मानौँ तिनले निश्‍चित प्रकारको औँठी सधैँ लगाए ।(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनलाई तेरो हृदयको पाटीमा लेखेर राख्

यहाँ हृदयले व्यक्तिको मनलाई प्रतिनिधित्व गर्छ, र केही कुरा राम्ररी सम्झिराख्नु बारे यसरी बताइएको छ कि मानौँ व्यक्तिले त्यो शिला-पाटीमा लेखिरहेको थियो । ३:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: "मेरा आज्ञाहरू राम्ररी सम्झ कि मानौँ तैँले ती ढुङ्गामा लेखिरहेको थिइस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद