ne_tn/pro/04/22.md

3.3 KiB

मेरा वचनहरू... जीवन हुन्

लेखक आफ्ना वचनहरूले व्यक्तिको जीवन रक्षा गरिरहेको बारे यसरी बताउँछन् कि मानौँ ती व्यक्तिको जीवन थिए । अर्को अनुवाद: "मेरा वचनहरूले ... जीवन दिन्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरा वचनहरू पाउने

लेखक आफ्ना वचनहरू पूर्णरूपले बुझिरहेको कुरा बारे यसरी बताउँछन् कि मानौँ व्यक्तिले ती खोज्छन् र पाउँछन् । अर्को अनुवाद: "बुझ्‍ने र ती पालन गर्ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो

"तिनीहरू" शब्दले "ती पाउनेहरू" लाई जनाउँछ । अर्को अनुवाद: "मेरा वचनहरूले ती पाउनेहरूको सम्पूर्ण शरीरलाई स्वास्थ्य दिनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

तेरो हृदयलाई सुरक्षित राख्, र ... यसको रक्षा गर्

यहाँ "हृदय" शब्दले व्यक्तिको मन र विचारहरूलाई जनाउँछ । अर्को अनुवाद: "तेरो मनलाई सुरक्षित राख्, र ... तेरा विचारहरूको रक्षा गर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

पुरा मेहनतसाथ

निरन्तर र उत्कट प्रयासका साथ

यसबाट नै जीवनका मूलहरू उम्रन्छन्

"यस" शब्दले हृदयलाई जनाउँछ, जुन मन र विचारहरूका लगि लक्षणा हो । लेखक व्यक्तिको जीवन बारे यसरी बताउँछन् कि मानौँ त्यो उम्रिरहेका मूलहरू थिए जुन हृदयबाट पलाउँछ । अर्को अनुवाद: "तैँले भन्‍ने र गर्ने सबै कुराहरू तेरा विचारहरूबाट आउँछन्" वा "तेरा विचारहरूले तेरो जीवनको पाठ निर्धारण गर्छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद