ne_tn/pro/04/18.md

4.0 KiB

धर्मी मानिसहरूको मार्ग ... दुष्टहरूको मार्ग

लेखकले धर्मी मानिसहरू र दुष्ट मानिसहरूका कार्यहरू र जीवनशैलीको बारे यसरी बताउँछन् कि मानौँ ति "मार्ग" वा "बाटो" थिए जसमा तिनीहरू हिँड्थे" ।अर्को अनुवाद: "धर्मी मानिसहरूको जीवनशैली ... दुष्टहरूको जीवनशैली"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो

लेखकले धर्मी मानिसहरूको मार्गलाई सूर्योदयसँग तुलना गर्छ, जसको अर्थ यो हो कि तिनीहरू सुरक्षित छन् किनभने तिनीहरू हिँडिरहेको ठाउँमा हेर्नको लागि तिनीहरूसँग ज्योति छ । अर्को अनुवाद: "धर्मी मानिसहरू आफ्ना मार्गमा सुरक्षितसाथ हिँड्छन् किनभने बिहानको सूर्य त्योमाथि चम्कन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

पहिलो किरण

यसले उषाकाल वा सूर्योदयलाई जनाउँछ ।

मध्यदिन नआएसम्म

यसले सूर्य अति उज्ज्वल चम्कदाको दिनको समयलाई जनाउँछ । अर्को अनुवाद: "सूर्य अति उज्जवल नचम्केसम्म" वा "मध्यदिन नभएसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

दुष्टहरूको मार्ग अन्धकारजस्तै छ

लेखकले दुष्ट मानिसहरूको मार्गलाई अन्धकारसँग तुलना गर्छन्, जसको अर्थ यो हो कि तिनीहरू सधैँ खतरामा हुन्छन् किनभने तिनीहरू हिँडिरहेको ठाउँमा हेर्नको लागि तिनीहरूसँग ज्योति हुँदैन । अर्को अनुवाद: "दुष्ट मानिसहरू खतरासाथ आफ्ना मार्गमा हिँड्छन् किनभने तिनीहरूसँग हेर्नको निम्ति ज्योति छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिनीहरू केमा ठक्कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन

लेखक हानि भोगिरहने कुरा बारे यसरी बताउँछन् कि मानौँ व्यक्ति हिँड्ने मार्गमा भएको वस्तुमा त्यसले ठोक्कर खाइरहेको थियो । अर्को अनुवाद: "तिनीहरूलाई थाहा छैन कि तिनीहरूले किन हानि र दुर्भाग्य भोग्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद