ne_tn/pro/04/10.md

2.6 KiB

र तिनलाई ध्यान दे

"मैले तँलाई सिकाएको कुरालाई ध्यानपूर्वक सुन्"

तेरो जीवनको आयु लामो हुने छ

"तँ धेरै वर्ष बाँच्‍ने छस्"

म तँलाई बुद्धिको बाटोमा लैजान्छु । म तँलाई सिधा बाटाहरूमा अगुवाइ गर्छु

आफ्नो छोरालाई बुद्धिमानीपूर्वक जिउन सिकाइरहेको कुरा बारे लेखक यसरी बताउँछन् कि मानौँ कसैले बुद्धि पाउन सक्‍ने बाटाहरूमा आफ्ना छोरालाई अगुवाइ गर्दै छन् । अर्को अनुवाद: "मैले तँलाई बुद्धिमानीपूर्वक कसरी जिउने भनी सिकाउँदै छु; मैले ठिक तरिकाले जिउनेबारे बताउँदै छु"

तँ हिँड्दा तेरो बाटोमा कोही खडा हुने छैन, र तँ दौडिस् भने पनि ठक्कर खाने छैनस्

यी दुई वाकयांसहरूले समान अर्थ दिन्छन् । लेखक व्यक्तिले लिने निर्णय र कदमको बारे यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति बाटोमा हिँडिरहेको वा दौडीरहेको थियो र त्यो व्यक्ति सफल हुनु बारे यसरी बताउँछन् कि मानौँ बाटो व्यक्तिले ठक्कर खान सक्‍ने वाधाहरूबाट मुक्त थियो । अर्को अनुवाद: "तैँले केही योजना बनाउँदा, तँ त्यो गर्ने कुरामा सफल हुने छस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-parallelism]])

शब्द अनुवाद