ne_tn/pro/03/25.md

2.1 KiB

दुष्टहरूबाट अकस्मात् आउने त्रास वा विपत्ति

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "दुष्टहरूद्वारा अकस्मात् आइपर्ने त्रास वा विपत्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

परमप्रभु तेरो पक्षमा हुनुहुने छ

एक व्यक्ति अर्को व्यक्तिको पक्षमा हुनु एउटा वाक्पद्धति हो जसको अर्थ एक व्यक्तिले अर्को व्यक्तिलाई सहायता र समर्थन गर्नु हो । अर्को अनुवाद: "परमप्रभुले तँलाई समर्थन गर्नुहुन्छ र बचाउनु हुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ

व्यक्तिले "त्रास" र "विपत्ति" बाट भोगेको हानि बारे लेखक यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति पासोमा परेको थियो । "पाउ" शब्दले सिङ्गो व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "तँलाई हानि गर्नेहरूदेखि बचाउनु हुने छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-synecdoche]])

शब्द अनुवाद