ne_tn/pro/03/03.md

3.1 KiB

करारको विश्‍वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून्

लेखकले "करारको विश्‍वसनीयता" र "भरोसा" को बारेमा यसरी बताउँछन् कि मानौँ ती मानिसहरू थिए जसले कुनै व्यक्तिलाई छोड्न सक्थे । अकरण आज्ञालाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "सधैँ करारको विश्‍वसनीयता पालन गर्न र भरोसायोग्य हुन निश्‍चित होऊ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध्

लेखकले विश्‍वसनीयता र भरोसाको बारेमा यसरी बताउँछन् कि मानौँ ती वस्तुहरू थिए जुन व्यक्तिले हार जस्तै गलाको वरिपर बाँध्‍न सक्थे । यी मूल्यवान् कुराहरू थिए जुन व्यक्तिले बाहिर देखाउँछ भनी यस चित्रणले बताउँछ । अर्को अनुवाद: "कुनै व्यक्तिले लगाउन सक्ने हारझैँ ती गर्व साथ देखा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनलाई तेरो हृदयको पाटीमा लेख्

यहाँ हृदयले व्यक्तिको मनलाई जनाउँछ । मनको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो पाटी थियो जसमा कसैले सन्देशहरू र आज्ञाहरू लेख्‍न सक्छन् । अर्को अनुवाद: "तिनलाई सधैँ याद गर्, कि मानौँ तैँले स्थायी रूपमा पाटीमा लेखेको थिइस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-metaphor]])

परमेश्‍वर र मानिसको दृष्टिमा

यहाँ दृष्टिले न्याय वा मूल्यांकनलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "परमेश्‍वर र मानिसको न्यायमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद