ne_tn/pro/02/18.md

2.6 KiB

त्यसको घरले मृत्युमा डोर्‍याउँछ

सम्भावित अर्थहरू हुन्: १) "त्यसको घर जानुले मृत्युमा डोर्‍याउँछ" वा २) "त्यसको गर जाने बाटो मुत्यु जाने बाट हो ।"

चिहानमा भएकाहरूकहाँ

यसले मरेका मानिसहरूको आत्माहरूलाई जनाउँछ र मरेकाहरूको ठाउँको लागि लक्षणा हो । अर्को अनुवाद: "चिहानमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यसका बाटाहरूले तँलाई ... पुर्‍याउने छन्

सम्भावित अर्थहरू हुन्: १) "त्यसकहाँ जाने मार्गहरूले तँलाई ... पुर्‍याउने छन् ।" यसले बाटाहरू वा त्यसकहाँ डोर्‍याउने मार्गहरूलाई जनाउँछ, वा २) यो एउटा रूपक हो जसले त्यसको जिउने तरिका बारे यसरी बताउँछ कि मानौँ त्यो त्यसमा हिँड्ने मार्ग थियो । अर्को अनुवाद: "त्यसको जिउने तरिकाले तँलाई ... पुर्‍याउने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसकहाँ जाने

यसको अर्थ कोही व्यक्ति वेश्यासँग सुत्‍न गएझैँ त्यसको घरमा जानु भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन्

सम्भावित अर्थहरू हुन्: १) "तिनीहरू जीवितहरूको भूमिमा फर्कने छैनन्" वा २) "तिनीहरूले अब फेरि कहिले पनि खुसी जीवन जिउने छैनन्"

शब्द अनुवाद