ne_tn/pro/02/06.md

4.5 KiB

उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन्

यहाँ "मुख"ले परमप्रभु स्वयम्‌लाई वा उहाँले के भन्‍नुहुन्छ त्यसलाई जनाउँछ । अर्को अनुवाद: "परमप्रभुबाट ज्ञान र समझशक्ति आउँछ" वा "हामीले के जान्‍नुपर्छ र बुझ्नुपर्छ भनी परमप्रभुले हामीलाई भन्‍नुहुन्छ" (हेर्नुहोस्: ज्ञान र समझशक्ति)

उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्का बुद्धि साँचेर राख्नुभएको छ

परमप्रभुले मानिसहरूलाई बुद्धि सिकाउँदै गर्नुभएको कुरा बारे यसरी बताइएको छ कि मानौँ बुद्धि एउटा थोक थियो जुन परमप्रभुले साँच्‍नुहुन्छ र मानिसहरूलाई दिनुहुन्छ । अर्को अनुवाद: "उहाँलाई खुसी तुल्याउनेहरूलाई उहाँले साँचो बुद्धिमानी के हो भनी सिकाउनु हुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

पक्का

"भरपर्दो"

निष्ठामा चल्नेहरू

व्यक्तिले निष्ठापूर्वक व्यवहार गर्ने बारे यसरी बताइएको छ कि मानौँ तिनीहरू निष्ठामा हिँड्दै थिए । अर्को अनुवाद: "निष्ठापूर्वक व्यवहार गर्नेहरू" वा "आफूले जिउनु पर्ने जीवन जिउनेहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँ ढाल हुनुहुन्छ

परमप्रभु आफ्ना मानिसहरूलाई रक्षा गर्न सक्क्षम हुनुभएको बारे यसरी बताइएको छ कि मानौँ उहाँ ढाल हुनुहुन्थ्यो । अर्को अनुवाद: "परमेश्वरले रक्षा गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ

सम्भावित अर्थहरू हुन्ः १) न्यायको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो एउटा मार्ग थियो । अर्को अनुवाद: "मानिसहरू न्यायपूर्वक व्यवहार गर्छन् भनी परमेश्वर निश्‍चित गर्नुहुन्छ" वा २) व्यक्तिको जीवन बारे यसरी बताइएको छ कि मानौँ त्यो मार्ग थियो । अर्को अनुवाद: "न्यायपूर्वक व्यवहार गर्नेलाई परमेश्वरले रक्षा गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मार्ग रक्षा गर्नुहुन्छ

व्यक्तिको जीवन बारे यसरी बताइएको छ कि मानौँ त्यो एउटा मार्ग वा बाटो थियो । अर्को अनुवाद: "सुरक्षा दिनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद