ne_tn/php/front/intro.md

11 KiB

फिलिप्‍पीहरूको परिचय

भाग १: सामान्य परिचय

फिलिप्‍पीहरूको पुस्तकको रूपरेखा

१. अभिवादन, धन्यवादज्ञापन र प्रार्थना (१:१-११) १. पावलको आफ्‍नो सेवाकाइको लागि उनको प्रतिवेदन (१:१२-२६) १. निर्देशनहरू

  • दृढ रहन (१:२७-३०)
  • एकीकृत हुन (२:१-२)
  • नम्र हुन (२:३-११)
  • परमेश्‍वरले तिमीहरूमा काम गर्नुभएर हाम्रो उद्धारको काम गर्न (२:१२-१३)
  • निर्दोष र ज्योति हुन (२:१४-१८) १. तिमोथी र इपाफ्रोडिटस (२:१९-३०) १. झूटा शिक्षकहरूको बारेमा चेतावनी (३:१-४:१) १. व्यक्तिगत निर्देशन (४:२-५) १. आनन्द मनाओ र नआत्तिओ (४:४-६) १. अन्तिम टिप्‍पणीहरू -- मूल्यमान्यताहरू (४:८-९)
  • सन्तुष्‍टि (४:१०-२०)
  • आखिरी अभिवादनहरू (४:२१-२३)

फिलिप्‍पीहरूको पुस्तक कसले लेखे ?

पावलले फिलिप्‍पीहरूको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिएको थियो । ख्रीष्‍टिएन हुनभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । उनी ख्रीष्‍टिएन भइसकेपछि, उनी थुप्रै पटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।

पावलले यो पत्र उनी रोममा झ्‍यालखानामा हुँदा लेखे ।

फिलिप्‍पीहरूको पुस्तक केको बारेमा हो ?

पावलले यो पत्र फिलिप्‍पीमा भएका विश्‍वासीहरूलाई लेखे, जुन चाहिँ माकेडोनियामा भएको एक सहर हो । फिलिप्‍पीहरूले उनलाई पठाएका उपहारको लागि तिनीहरूलाई धन्यवाद दिनका निमित्त उनले यो पत्र लेखे । उनले झ्‍यालखानामा कसरी समय बिताइरहेका छन् भनेर बताउन र तिनीहरूले दुःख भोग गरिरहेका भएतापनि आनन्द मनाउनको लागि तिनीहरूलाई उत्साह दिन उनी चाहन्थे । उनले तिनीहरूलाई इपाफ्रोडिटस नाम गरेका एकजना व्यक्तिको बारेमा पनि लेखे । तिनी नै पावललाई उपहार ल्याइदिने व्यक्ति थिए । पावलसँग भेटघाट गरिरहेको बेलामा, इपाफ्रोडिटस बिरामी परे । त्यसैले, पावलले उनलाई फिलिप्‍पीहरूकहाँ फिर्ता पठाउने निर्णय गरे । पावलले इपाफ्रोडिटसलाई स्वागत गर्न र तिनी फर्किँदा तिनीप्रति दयालु बन्‍न फिलिप्‍पीमा भएका विश्‍वासीहरूलाई प्रोत्साहन गरे ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “फिलिप्‍पीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “फिलिप्‍पीमा भएको मण्‍डलीलाई पावलको पत्र” वा “फिलिप्‍पीमा भएका ख्रीष्‍टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

फिलिप्‍पीको सहर कस्तो खालको थियो ?

फिलिप्‍पी माकेडोनियाको क्षेत्रमा फिलिपद्वारा स्थापित गरिएको थियो, जो अलेक्जेन्डर महान्‌का पिता थिए । यसको अर्थ हो कि फिलिप्‍पीका नागरिकहरूलाई रोमका नागरिकहरू भनेर पनि मानिन्थ्यो । फिलिप्‍पीका नागरिकहरू रोमका नागरिकहरू भएकामा गर्व गर्दथे । तर पावलले विश्‍वासीहरूलाई बताए कि तिनीहरू स्वर्गका नागरिकहरू हुन् (३:२०) ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

“तिमी”को एकवचन र बहुवचन रूपहरू

यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्दले प्राय सधैँ बहुवचनमा छ र फिलिप्‍पीमा भएका विश्‍वासीहरूलाई जनाउँछ । यसको अपवाद ४:३ हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-you]])

यस पत्रमा “ख्रीष्‍टको क्रूसका शत्रुहरू” (३:१८) को-को थिए ?

“ख्रीष्‍टको क्रूसका शत्रुहरू” भनेका सम्भवतः ती मानिसहरू थिए जसले आफैँलाई विश्‍वासीहरू भन्थे, तर परमेश्‍वरका आज्ञाहरूको पालना गर्दैनथे । तिनीहरू ठान्थे कि ख्रीष्‍टमा भएको स्वतन्‍त्रताको अर्थ विश्‍वासीहरूले तिनीहरूले जे चाहे सोही गर्न सक्‍थे र परमेश्‍वरले तिनीहरूलाई दण्‍ड दिनुहने थिएन (३:१९) ।

किन यस पत्रमा “आनन्द” र “हर्ष मनाउनु” जस्ता शब्दहरू बारम्बार प्रयोग गरिएका छन् ?

पावलले यो पत्र लेख्‍दा उनी झ्‍यालखानामा थिए (१:७) । उनले कष्‍ट काटिरहेका भएतापनि, पावलले भने कि उनी आनन्दले पूर्ण थिए किनभने परमेश्‍वर उनीप्रति येशू ख्रीष्‍टद्वारा दयालु हुनुभएको थियो । त्यस्तै प्रकारको भरोसा येशू ख्रीष्‍टमा राख्‍नको लागि उनले आफ्‍ना पाठकहरूलाई उत्साह दिन चाहन्थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

यस प्रकारको अभिव्यक्ति १:१, ८, १३, १४, २६, २७; २:१, ५, १९, २४, २९; ३:१, ३, ९, १४; ४:१, २, ४, ७, १०, १३, १९, २१ मा आउँछ । पावलले ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

फिलिप्‍पीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

  • केही संस्करणहरूमा यो पत्रको आखिरी पदको अन्तमा “आमेन्” छ (४:२३) । यूएलटी, यूएसटी, र धेरै अरू नयाँ संस्करणहरूमा त्यो छैन । यदि “आमेन”लाई उल्‍लेख गरिन्छ भने, त्यो फिलिप्‍पीहरूको पुस्तकमै भएको कुरा मूल कुरा होइन भनेर सङ्केत दिनको लागि त्यसलाई ठूला कोष्‍ठकहरूमा ([]) राखिनुपर्छ ।

(हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-textvariants)