ne_tn/php/04/intro.md

1.8 KiB

फिलिप्‍पीहरू ०४ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“मेरो आनन्द र मेरो मुकुट”

पावलले फिलिप्‍पीहरूलाई आत्मिक रूपमा परिपक्व हुनलाई सहयोग गरेका थिए । परिणामस्वरूप, पावलले आनन्द मनाए र परमेश्‍वरले उनलाई उनको कामलाई सम्‍मान गर्नुभयो । अरू ख्रीष्‍टिएनहरूलाई चेलापन गर्नु र तिनीहरूलाई आत्मिक रूपमा अगाडि बढ्नलाई उत्साह दिनु चाहिँ ख्रीष्‍टिएन जीवनको लागि उनले महत्त्वपूर्ण ठाने । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/spirit]] अनि [[rc:///tw/dict/bible/kt/disciple]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

इयोदिया र सुन्तुखे

यस्तो देखिन्छ कि, यी दुई स्‍त्रीहरू एक अर्कासँग असहमत हुन्थे । पावलले तिनीहरूलाई एक अर्कासँग सहमत हुनलाई प्रोत्साहन गरिरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)