ne_tn/php/04/18.md

3.2 KiB

जोड्ने कथनः

पावलले फिलिप्पीहरूलाई तिनीहरूको उपहारको लागि धन्यवाद दिनलाई सकाउँछन् (हेर्नुहोस् फिलिप्पीहरू ३:११) र भरोसा दिलाउँछन् कि परमेश्‍वरले तिनीहरूको हेरविचार गर्नुहुनेछ ।

मैले सबै कुराहरू भरपूर मात्रामा प्राप्‍त गरेको छु

सम्भावित अर्थहरू हुन् १) फिलिप्पीहरूले पठाएका सबै कुराहरू पावलले प्राप्‍त गरेका छन् वा २) पत्रको यो भाग इपाफ्रोडिटसले पुर्‍याएका व्यावसायिक सामानहरूलाई प्राप्‍त गरेको रसिद हो भनेर बताउँदै, फिलिप्पी ३:८ मा भएको व्यवसायसम्बन्धी अलङ्कारलाई निरन्तरता दिन पावलले यस ठट्टाको प्रयोग गरेका हुन् ।

अझ धेरै

पावलले उनी आफैँलाई आवश्यक पर्ने कुराहरूको प्रशस्तता भन्‍न खोजेका हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

ती मिठो बास्ना आउने सुगन्ध हुन्, परमेश्‍वरलाई ग्रहणयोग्य हुने र प्रसन्‍न पार्ने एउटा बलिदान

पावलले फिलिप्पी मण्डलीबाटको उपहारलाई वेदीमा परमेश्‍वरलाई अर्पण गरिएको बलिदानजस्तै गरी उल्लेख गर्छन् । पावलले यो अर्थ दिन खोजेका हुन् कि मण्डलीको उपहारले परमेश्‍वरलाई धेरै खुशी तुल्याउँछ, जसरी पूजाहारीहरूले जलाउने बलिदानहरूले खुशी तुल्याउँथ्यो, जसमा परमेश्‍वरलाई प्रसन्‍न बनाउने बास्ना हुन्थ्यो । वैकल्पिक अनुवादः “म तिमीहरूलाई यो भरोसा दिलाउँदछु कि यी उपहारहरू परमेश्‍वरलाई धेरै खुशी तुल्याउने खालका छन्, जसरी एउटा ग्रहणयोग्य बलिदान हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)