ne_tn/num/35/33.md

2.4 KiB

तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ

परमप्रभुको लागि भूमि अस्वीकार्य तुल्याउने बारे यसरी बताइएको छ कि मानौँ त्यसले भौतिक रूपमा भूमिलाई दूषित बनाउदै थियो । अर्को अनुवादः "तिमीहरू बसोबास गरेको भूमिलाई मेरो निम्ति अस्वीकार्य हुने गरी यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले मेरो लागि भूमि अस्वीकार्य तुल्याउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यसरी

यसले कसैलाई मार्ने व्यक्तिको सम्बन्धमा नियम उल्लङ्घन कुरालाई जनाउँछ ।

भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन

यसले एक व्यक्तिले अर्को व्यक्तिलाई जानिबूझि मारेको कुरालाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले भूमिमा रगत बगाउँदा, केवल हत्या गर्नेको मृत्युले भूमिको प्रायश्‍चित्त गर्न सक्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद