ne_tn/num/27/12.md

4.3 KiB

अबारीम पर्वत

यो मोआबमा भएको हिमालहरूका श्रृङ्खला हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मैले इस्राएलका मानिसहरूलाई दिएको

यहाँ परमप्रभुले इस्राएललाई दिनुहुने भूमिको बारेमा उहाँले यसरी बताउनुहुन्छ कि मानौँ उहाँले त्यो तिनीहरूलाई दिइसक्‍नु भएको छ । तिनीहरूलाई त्यो दिने उहाँको प्रतिबद्धतालाई जोड दिन उहाँ यसरी बोल्‍नुहुन्छ । अर्को अनुवादः "मैले इस्राएलका मानिसहरूलाई दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तँ पनि ... तेरा मानिसहरूकहाँ जानुपर्छ

मोशा पनि मर्ने छन् र तिनको आत्मा तिनका पुर्खाहरू भएको ठाउँमा जानेछन् भन्‍ने यो व्यंजना हो । अर्को अनुवाद: तँ ... मर्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तेरा दाजु हारूनजस्तै

तपाईंले हारून मरे भनी बुझिने जानकारीलाई स्पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "तेरा दाजु हारून मरेजस्तै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

तिमीहरू दुवै ... विद्रोह गरेको हुनाले

यसले मोशा र हारूनलाई जनाउँछ ।

सीनको मरुभूमि

१३:२१ मा तपाईंले गर्नुभएजस्तै यस वाक्यांसलाई अनुवाद गर्नुहोस् ।

चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा

परमप्रभुले चट्टानबाट आश्‍चर्यरूपमा पानी बगाउनु हुँदाको घटनालाई यसले जनाउँछ । परमेश्वरले मोशालाई चट्टानसँग बोल्‍न भन्‍नुहुन्छ । त्यसको सट्टा, मोशा मानिसहरूसँग रिसाएको कारण तिनले चट्टानलाई हिर्काए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिमीहरूले ... पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ

"तिमीहरूले ... मलाई पवित्र रूपमा व्यवहार गरेनौ"

सारा समुदायको नजरमा

यहाँ "सारा समुदायको नजरमा" ले समुदाय आफैलाई जनाउँछ । तिनीहरूले के देखे भनी जोड दिन यो यसरी लेखिएको छ । अर्को अनुवादः "सारा समुदायको अगि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मेरीबाको पानी

२०:१३ मा तपाईंले गर्नुभएजस्तै यसलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद