ne_tn/num/23/11.md

2.8 KiB

बालाक

यिनी मोआबका राजा हुन् । २२:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तपाईंले मलाई के गर्नुभएको ?

बालामलाई हप्काउन बालाक यो प्रश्‍न सोध्छन् । यो आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः "तपाईंले मलाई यस्‍तो गर्नुहुन्छ भनेर मैले सोचेको थिएन ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-rquestion)

तर हेर्नुहोस्

यसले पछि आउने अचम्‍मको कुरालाई जोड दिन्छ ।

के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्‍न म सावधान हुनुपर्दैन र ?

बालाम आफ्ना कार्यहरूको बचावमा यो आलङ्‍कारिक प्रश्‍न सोध्छन् । यसलाई सामान्य वाक्‍यको रुपमा अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः "परमप्रभुले मलाई जे भन्‍न लगाउनुहुन्छ सो मात्र भन्‍न म सावधान हुनुपर्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्‍न

वचनको बारेमा यसरी बताइएको छकि मानौं त्यो परमेश्‍वरले मुखमा हालिदिनुभएको केही हो । २२:३८ मा तपाईंले यस्‍तै वाक्‍यांश कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।अर्को अनुवादः "परमेश्‍वरले मैले भनेको चाहनुभएको वचन मात्र।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद