ne_tn/num/23/07.md

2.4 KiB

मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट ... अरामबाट ल्याएका छन्

यी वाक्‍यांशहरूले समान अर्थ दिन्छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस्

यी दुई वाक्‍यहरूका अर्थ एउटै हुन् । यसले बालामले इस्राएलका मानिसहरूलाई सरापेको बालाकको चाहनालाई जोड दिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

परमेश्‍वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु ? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु ?

यी आलङ्‍कारिक प्रश्‍नहरूले परमेश्‍वरको आज्ञा उल्लङ्‍घन गर्न बालामको इन्‍कारलाई जोड दिन्छ । यसलाई सामान्य वाक्‍यहरूमा अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः "तर परमेश्‍वरले सराप नदिनुभएकालाई मैले पनि सराप दिन सक्दिनँ । परमप्रभुले लडाइँ नगर्नुभएकाहरूको विरुद्ध म पनि लडाइँ गर्न सक्दिनँ ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद