ne_tn/num/21/24.md

2.6 KiB

इस्राएलले ... आक्रमण गरे ।

यहाँ "इस्राएल" ले इस्राएलका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलीहरूले ... आक्रमण गरे ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तरवारले

तरवार मृत्‍यु र पूरा विनाशसँग सम्‍बन्धित छ । अर्को अनुवादः "र तिनीहरूलाई पूरै हराइदिए ।" ( EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मानिसहरूको भूमिसम्म कब्जा गरे

"एमोरीहरूका जमिन जिते ।" यहाँ "मानिसहरू" शब्दले एमोरीहरूलाई जनाउँछ ।

अम्मोनका मानिसहरू ... एमोरी

"अम्‍मोनीहरू ... एमोरीहरू" वा "अम्‍मोनका मानिसहरू ... एमोरका मानिसहरू" । यी नामहरू उस्‍तैउस्‍तै लाग्‍छ तर तिनीहरूले दुई भिन्‍न समूहका मानिसहरूलाई जनाउँछ ।

किल्लाबन्दी गरिएको थियो

" शक्तिशाली रुपमा सुरक्षित गरिएको थियो ।" ( EN-UDB) इस्राएलीहरूले अम्‍मोनीहरूलाई आक्रमण गरेनन् ।

हेश्बोन र यसका सबै गाउँ

यहाँ "यसका" ले हेश्‍बोन सहर र नजिकका गाउँहरूबिच भएको सम्‍बन्‍धलाई जनाउँछ । अर्को अनुवादः "हेश्बोन र त्‍यसको अधिनमा भएका नजिकका गाउँहरू "

सीहोनले ... उनको देश कब्जा गरेका थिए

यहाँ "उनको" ले मोआबको राजालाई जनाउँछ ।

शब्द अनुवाद