ne_tn/num/14/41.md

3.9 KiB

तिमीहरू परमप्रभुको आज्ञा किन तोड्छौ ?

इस्राएलका मानिसहरूलाई हप्काउन मोशा यो प्रश्‍न सोध्‍छन् ।यस आलङ्‍कारिक प्रश्‍नलाई वाक्‍यको रुपमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "तिमीहरूले परमप्रभुको आज्ञा फेरि तोड्नुहुँदैन ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

परमप्रभु तिमीहरूसँग हुनुहुन्‍न

तिनीहरूलाई मद्दत गर्नुलाई तिनीहरूसँग हुनु जस्‍तैगरी बताइएको छ । अर्को अनुवाद: "परमप्रभुले तिमीहरूलाई मद्दत गर्नुहुनेछैन ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिमीहरूलाई तिमीहरूका शत्रुहरूले पराजय गर्नबाट बचाउन" वा "तिमीहरूलाई तिमीहरूका शत्रुहरूमाथि विजय दिन" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरू तरवारद्वारा मर्नेछौ

यहाँ "तरवार" ले युद्धलाई जनाउँछ । अर्को अनुवाद: "तिमीहरू युद्धमा मर्नेछौ" वा "तिनीहरूका विरुद्ध लडाइँ गर्दा तिनीहरुले तिमीहरूलाई मार्नेछन् ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ

परमप्रभुका आज्ञाहरू पालन गर्नुलाई उहाँको अनुसरण गर्नु जस्‍तैगरी बताइएको छ र आज्ञा पालन गर्न रोक्‍नुलाई उहाँबाट तर्केर जानु जस्‍तैगरी बताइएको छ । अर्को अनुवाद: "तिमीहरूले आज्ञा पालन गर्न छोड्‍यौ" वा "तिमीहरूले परमप्रभुको आज्ञा पालन नगर्ने निर्णय गर्‍यौ ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँ तिमीहरूसँग हुनुहुनेछैन

तिनीहरूलाई मद्दत गर्नुलाई तिनीहरूसँग हुनु जस्‍तैगरी बताइएको छ । अर्को अनुवाद: "परमप्रभुले तिमीहरूलाई मद्दत गर्नुहुनेछैन ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद