ne_tn/num/14/01.md

2.7 KiB

तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो ?

परमप्रभुले मानिसहरूलाई अन्‍यायपूर्वक व्‍यवहार गरेको बारेमा गनगन गर्न र दोष लगाउन तिनीहरू यी प्रश्‍नहरू सोध्‍छन् ।यसलाई वाक्‍यको रुपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई यो भूमिमा ल्याउनुहुँदैनथ्‍यो ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तरवारद्वारा मर्नलाई

यहाँ "तरवार" ले या त तरवारद्वारा मारिनुलाई जनाउँछ वा युद्धमा मारिनुलाई जनाउँछ । अर्को अनुवाद: "मानिसहरूले हामीलाई तरवारद्वारा आक्रमण गर्दा मर्नुलाई " वा "युद्धमा मर्नुलाई" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र ?

मिश्रमा फर्केर जानु नै तिनीहरूको लागि असल भएको कुरामा मानिसहरूलाई सहमत हुन प्रोत्‍साहन गर्न तिनीहरूले यो प्रश्‍न सोध्छन् ।यसलाई वाक्‍यको रुपमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "कनानसँग युद्ध गर्ने कोसिस गर्नुको सट्टा हामीलाई मिश्रमा फर्केर जानु नै असल हुनेछ ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद