ne_tn/num/11/21.md

3.3 KiB

के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त ? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने ?

सबै मानिसहरूलाई खुवाउनको लागि मासुको पर्याप्तताको लागि उनलाई लागेको शङ्‍का देखाउनलाई मोशा यी प्रश्‍न गर्छन् । अर्को अनुवादः "तिनीहरूलाई तृप्‍त पार्नको लागि हामीले सबै भेडा-बाख्राहरू र गाईवस्तुहरू मार्नुपर्छ र समुद्रका सबै माछाहरू पक्रनुपर्छ !" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

भेडा-बाख्राहरू र गाईवस्तुहरू

यी दुवै शब्दहरूले एउटै अर्थ दिन्छन् । एकसाथ यिनीहरूले पशुको ठूलो सङ्‍ख्यालाई जोड दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

समुद्रका सबै माछाहरू

इस्राएलका सबै मानिसहरूका लागि खाना जुटाउन कति असम्भव थियो भन्‍ने आफ्नो विश्‍वास देखाउनलाई मोशाले यो बढाइंचढाइं गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

तिनीहरूलाई तृप्‍त पार्न

"तिनीहरूका भोक तृप्त पार्न"

के मेरो बहुली छोटो भएको छ ?

यहाँ "बाहुली" ले परमेश्‍वरको शक्तिलाई प्रतिनिधित्व गर्छ । मानिसहरूका लागि पर्याप्त खाना जुटाउने शक्ति परमेश्‍वरसँग थिएन भनी मोशाले सोचेकोमा तिनलाई हप्काउन परमेश्‍वर यो प्रश्‍न गर्नुहुन्छ । अर्को अनुवादः "के यो गर्नको लागि म शक्तिशाली छैन भनेर तैँले सोचिस् ?" वा "यो गर्नको लागि म धेरै नै शक्तिशाली छु भनेर तैँले जान्‍नुपर्छ ।" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-rquestion]])

शब्द अनुवाद