ne_tn/num/11/11.md

4.5 KiB

सामान्य जानकारीः

धेरै आलङ्‍कारिक प्रश्‍नहरू प्रयोग गरेर मोशा परमप्रभुसित गुनासो गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको ? तपाईं किन मसँग खुसी हुनुहुन्‍न ?

परमेश्‍वरले मोशालाई जसरी व्यवहार गरिरहनुभएको थियो त्यसको गुनासो गर्नको लागि मोशाले यी प्रश्‍नहरू गरे । यिनीहरूलाई भनाईको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म तपाईंको दासलाई तपाईंले अति नराम्रो व्यवहार गर्नुहँदैन" । "तपाईं मसँग रिसाउनु हुँदैन" वा "तपाईंले म, तपाईंको दाससँग अति नराम्रो व्यवहार गर्नको लागि मैले केहि खराब कुरा गरेको छैन ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ

मोशाले आफूले ती मानिसहरूलाई डोर्‍याउनु र तिनीहरूका लागि जुटाउनुलाई यसरी गुनासो गर्छन् र बताउँछन् कि मानौँ उनले गह्रौँ भारी बोकिरहेका छन् । अर्को अनुवादः "तपाईंले मलाई यी मानिसहरूका लागि जिम्‍मेवारी बनाउनुभएको छ, तर यो मेरो लागि अति गाह्रो छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि ... भन्‍नुहुन्छ

मोशा तिनीहरूका पिता होइनन् भन्‍ने तथ्य परमेश्‍वरलाई सोच्‍न लगाउनको लागि मोशाले यो प्रश्‍न गरे । अर्को अनुवादः "म यी सबै मानिसहरूका पिता होइन । यसकारण तपाईंले मलाई भन्‍न उचित हुँदैन ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्

आमाबाबुले बालकको हेरचाह गरेजस्तै आफ्‍नै ख्याल राख्‍न नसक्‍ने ती मानिसहरूको हेरचाह गर्न मोशा जिम्मेवारी थिए भन्‍ने यसले अर्थ दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

के मैले तिनीहरूलाई ... दिन्छु ... बोक्‍नुपर्ने?

यो आलङ्‍कारिक प्रश्‍नलाई भनाईको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूलाई ... दिन ... तपाईंले मसँग आशा गर्नुहुँदैन" वा "तिनीहरूलाई ... दिन ... म सक्षम छैन ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद