ne_tn/num/05/27.md

3.5 KiB

त्यसले ... पाप गरेकोले यदि त्यो अशुद्ध भएकी छे भने

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पाप गरेर यदि त्यसले आफैलाई अशुद्द तुल्याएकी छे भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पाप गरेकोले

यहाँ "पाप" ले विशेष गरी व्यभिचार गर्ने कुरालाई जनाउँछ । यस भनाईको अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "व्यभिचार गरीन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसको पेट फुलिनेछ र त्यसको जाँघ सुक्‍नेछ

सम्भावित अर्थहरू १) कि त्यस स्‍त्री बच्चा जन्माउन नसक्‍ने हुनेछिन्, वा २) कि त्यस स्‍त्रीको गर्भ चाँडै तुहिनेछ र बच्चा मर्नेछ । यहाँ "जाँघ" भन्‍ने शब्द स्‍त्रीको गर्भ वा उसका गुप्ताङ्गहरूलाई जनाउने एउटा भद्र तरिका हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism) । तपाईंले गन्ती ५:२० मा यी विचारहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्यो महिला आफ्ना मानिसहरूबिच श्रापित हुनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसका मानिसहरूले त्यसलाई सराप्‍नेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अशुद्ध भएकी छैन भने

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "आफैलाई अशुद्द तुल्याएकी छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यो शुद्ध छे भने

यहाँ "निर्दोष हुनु" लाई "शुद्ध हुनु" को रूपमा बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यो स्वतन्त्र हुनेछे

सम्भावित अर्थहरू १) "त्यो श्रापित हुनेछैन" वा २) "त्यो दोषबाट मुक्त हुनेछे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बालक जन्माउन सक्‍ने

"गर्भवति हुने"

शब्द अनुवाद