ne_tn/num/05/20.md

4.6 KiB

पतिको अधीनमा

यस वाक्यांशको अर्थ त्यो त्यसको पतिको अधिकारमुनि छे भन्‍ने हुन्छ । अर्को अनुवादः त्यसको पतिको अधिकारमुनि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बरालिएकी छस्

"बरालिएर जानु" भन्‍ने शब्द एउटा वाक्पद्धति हो, जसले "अविश्‍वासी हुनु" भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "यदि तँ तेरो पतिप्रति अविश्‍वासी भएकी छैनस् भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तँ अशुद्ध भएकी छस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले आफैलाई अशुद्ध तुल्याएकी छेस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यो महिलामाथि श्राप ल्याउन सक्‍ने

त्यो महिलामाथि श्राप आईपर्नु भन्‍ने अर्थ दिने यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "जसले त्यस महिलामाथि श्राप आईपर्ने तुल्याउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुले तँलाई श्रापित तुल्याउनुभएको होस् जुन तेरा मानिसहरूलाई देखाइनेछ

यहाँ लेखकले परमप्रभुले त्यस स्‍त्रीलाई दिनुभएको श्राप त्यसले भोगेको र जसले गर्दा अरू मानिसहरूले त्यसलाई सराप्‍ने तुल्याउने कुराबारे बताउँछन् । यसलाई यसरी बताइएको छ कि मानौँ त्यस स्‍त्री आफै श्राप बन्छे । अर्को अनुवादः "किनभने परमप्रभुले तँलाई श्राप दिनुभएकोले अरू मानिसहरूले पनि तँलाई सराप्‍नेछन् र तँ साँच्‍चै नै श्रापित छस् भन्‍ने कुरा परमप्रभुले मानिसहरूलाई देखाउनुहुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जुन तेरा मानिसहरूलाई देखाइनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "श्रापको रूपमा उहाँले तेरा मानिसहरूलाई देखाउनुहुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तेरो जाँघ सुक्‍ने तुल्याउनुभयो र तेरो पेट सुनिने

सम्भावित अर्थहरू १) कि त्यस स्‍त्री बच्चा जन्माउन नसक्‍ने हुनेछिन्, वा २) कि त्यस स्‍त्रीको गर्भ चाँडै तुहिनेछ र बच्चा मर्नेछ ।

तेरो जाँघ सुक्‍ने

यहाँ "जाँघ" भन्‍ने शब्द स्‍त्रीको गर्भ वा उसका गुप्ताङ्गहरूलाई जनाउने एउटा भद्र तरिका हो । अर्को अनुवादः "तेरो गर्भ बेकामको हुने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद