ne_tn/num/05/08.md

4.0 KiB

तर यदि अपमानमा परेको व्यक्‍तिको कुनै नजिकको नातेदार छैन भने

सामान्यतया अपमानमा परेको व्यक्‍तिले भुक्तनी पाउँछ, तर त्यो व्यक्ति मर्‍यो भने त्यसको नजिकको नातेदारले त्यो भुक्तानी पाउँछ । यस वाक्यको पूर्ण अर्थलाई स्‍पष्ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तर यदि अपमानमा परेको व्यक्ति मर्‍यो र भुक्तानी पाउनको लागि त्यसको नजिकको नातेदार छैन भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अपमानमा परेको व्यक्‍ति

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "दोषी मानिसद्वारा अपमान गरिएको व्यक्ति" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यसले आफ्नो प्रायश्‍चित्तको निम्ति ... पुजारीद्वारा मूल्य मलाई तिर्नुपर्छ

यदि एक व्यक्तिले त्यसको दोषको लागि पुजाहारीलाई भुक्तानी गर्छ भने त्यसले परमप्रभुलाई नै भुक्तानी गरेसरह हुन्थ्‍यो ।

त्यसले आफ्नो प्रायश्‍चित्तको निम्ति

मानिसको पापको लागि प्रायश्‍चित गरियो । यहाँ त्यस मानिसको पापलाई परमप्रभु "त्यसले आफ्नो" को रूपमा जनाउनुहुन्छ । अर्को अनुवादः "त्यसको पापको प्रायश्‍चितको निम्ति" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

इस्राएलका मानिसहरूले पुजारीलाई ल्याएका र अलग गरेका थोकहरू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "इस्राएलका मानिसहरूद्वारा अलग गरिएका र पुजाहारीकहाँ ल्याइएका कुराहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हरेक व्यक्तिका भेटीहरू पुजारीको निम्ति हुनेछ; यदि कसैले पुजारीलाई कुनै थोक दिन्छ भने, यो त्यसको हुनेछ

यी दुवै वाक्यांशहरूले सामान्यतया एउटै अर्थ दिन्छन् र कसैले पुजाहारीलाई दिएका बलिहरू पुजाहारीकै हुन्छ भन्‍ने कुराको पुष्‍टि गर्नलाई संयोजन गरिएका हुनसक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद