ne_tn/neh/10/30.md

3.5 KiB

सामान्य जानकारीः

नहेम्याह १०:२९ मा आफूहरूले खाएका शपथको विषयवस्तु मानिसहरूले यी पदहरूमा वर्णन गर्छन् ।

हाम्रा छोरीहरू त्यस देशका मानिसहरूलाई नदिने र तिनीहरूका छोरीहरू हाम्रा छोराहरूका निम्ति नलिने

यसको अर्थ तिनीहरूले आफ्‍ना छोराछोरीहरूलाई तिनीहरूसँग विवाह गर्न दिने थिएनन् भन्‍ने हो । अर्को अनुवाद: "हाम्रा छोरीहरू त्यस देशका मानिसहरूलाई विवाह गर्न नदिने र तिनीहरूका छोरीहरू हाम्रा छोराहरूका निम्ति विवाह गर्न नलिने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यस देशका मानिसहरू

यसले परमप्रभुलाई नपुज्‍ने त्‍यस देशमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: " परमप्रभुलाई नपुज्‍ने त्‍यस देशका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

हामीले ... नदिने ... हामीले ... नकिन्‍ने ... हामीले ... माफी गरिदिने छौँ

यस "हामी" सर्वनामले नहेम्याह र यहूदी मानिसहरू समावेश गर्छ, तर यस पुस्तकका पाठकलाई भने गर्दैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclusive)

सात वर्ष

"७ औँ वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

हामीले हाम्रा खेतहरूलाई विश्राम दिने छौँ

यो एउटा वाक् पद्धति हो । अर्को अनुवाद: "हामीले हाम्रा खेतहरू जोत्‍ने छैनौँ" वा "हामीले हाम्रा खेतहरूमा केही कुरा उब्जाउने छैनौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

हाम्रा सबै ऋण माफी गरिदिने छौँ

"हाम्रा अरू यहूदीहरूका सबै ऋण माफी गरिदिने छौँ" वा "अरू यहूदीहरूले हामीलाई तिर्नुपर्ने सबै ऋण माफी गरिदिने छौँ"

शब्द अनुवाद