ne_tn/neh/09/16.md

3.2 KiB

जोड्ने वाक्‍य:

यी पदहरूमा, इस्राएलका मानिसहरूका उपस्थितिमा लेवीहरूले परमप्रभुको प्रशंसा निरन्‍तर गर्छन् ।

तिनीहरू र हाम्रा पिता-पुर्खाहरू

मोशाको समयका इस्राएलीहरू र मोशाको समयपछिका इस्राएलका मानिसहरू

तिनीहरू ... अटेरी र हठी भए

"तिनीहरूले आफ्‍ना ह्रदय हठी बनाए" यसको शाब्दिक भनाइ हो ।" यदि तपाईंको भाषामा अटेरी हुनुलाई जनाउने फरक उपमा छ भने, तपाईंले त्यो यहाँ प्रयोग गर्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्चर्यहरू

"तपाईंले तिनीहरूका बिचमा गर्नुभएका अचम्मका कामहरू"

तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे

"तिनीहरूले आफूहरू दासदासीहरू भएका भूमिमा फर्कन एकजना अगुवा नियुक्त गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

क्षमाले भरिपूर्ण

क्षमा दिने इच्छालाई यसरी बताइएको छ कि मानौँ यो कुनै तरल पर्दाथ थियो जसले एउटा भाँडा भर्न सक्‍थ्‍यो । अर्को अनुवाद: "क्षमा दिन इच्‍छुक व्‍यक्‍ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अचुक प्रेममा प्रचुर

प्रेमलाई यसरी बताइएको छ कि मानौँ यो कुनै अन्‍नबाला थियो जुन परमप्रभुले मानिसहरूसँग बाँड्नुभयो । अर्को अनुवाद: "आफ्‍ना मानिसहरूलाई धेरै प्रेम गर्नुहुन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद