ne_tn/neh/06/05.md

3.0 KiB

उसै गरी सन्बलतले पाँचौँ पटक पनि मकहाँ तिनको सेवक पठाए

यस खबरलाई छुट्‍टै थाहा पाउनुको अर्थ यो हो कि केही कुरामा पहिलेका चार खबरभन्‍दा यो फरक छ र, त्‍यसैले यो याद गरिनुपर्छ ।

पाँचौँ पटक

"५ औँ पटक" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

जसको हातमा

यसको अर्थ तिनको अधिकारमा चिट्ठी थियो भन्‍ने हो, तर हर समय तिनले त्‍यो आफ्‍नो हातमा बोकेनन् । अर्को अनुवाद: "जसको अधिकारमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

खोलिएको चिट्ठी

चिट्ठी खुल्‍ला कूटनीतिक खबर थियो । यो पाउने व्‍यक्‍तिको निम्ति अपमानको कुरा थियो किनकि सन्‍देशवाहकले त्‍यो सजिलै पढेर इलाकाका मानिसहरूकहाँ त्‍यसका विषयवस्तुहरू फैलाउन सक्‍थ्‍यो ।

जाति-जातिहरूका बिचमा यस्तो खबर पुगेको छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि : "जाति-जातिहरूका बिचमा यस्तो खबर पुर्‍याइएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

विद्रोह गर्ने योजना बनाउँदै छौ

यसको अर्थ तिनीहरूले अहिले यहूदीहरूलाई अत्याचार गरिरहेका फारेसका राजा अर्तासास्तर्को विरुद्ध विद्रोह गर्ने योजना बनाउँदै छन् । अर्को अनुवाद: "अर्तासास्तको विरुद्ध विद्रोह गर्ने योजना बनाउँदै छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद